प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट सम्भव हुने बताएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि शर्माले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘परिवर्तनको विशाल यात्रा साना कदमबाटै सम्भव हुन्छ।’ देश ठूलो क्षतिबाट गुज्रँदै गएको अवस्थामा नयाँ सरकारले जुटाएको हिम्मत र प्रदान गरेको आत्मबलले मन हर्षित भएको समेत बताएकी छन् । […]