काठमाडौँ महानगरले सुरु गर्‍यो बाइक एम्बुलेन्स सेवा

नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले महानगरपालिकाको लगानीमा सञ्चालन हुने आकस्मिक स्वास्थ्य सेवाबाट नागरिकले जीवनरक्षा पाउन सक्ने बताए। उनले बाइक एम्बुलेन्सको प्रयोग, प्रभावकारिता र लाभसम्बन्धी विवरण तथा तथ्याङ्क संकलन गरी महानगरपालिकालाई उपलब्ध गराउने जानकारी दिए।