स्मार्ट सिटी बन्दै भेरी उपत्यका

‘स्मार्ट सिटी’ को यात्रा तय गर्दै गरेको भेरी किनारमा विकास पूर्वाधारले पूर्णकलाको अनुहारमा मात्र होइन, उनीजस्ता थुप्रैको अनुहारमा चमक ल्याएको छ । २० वर्षभित्र सुन्दर सहर बसाल्ने सरकारी योजनाअनुसार भेरी नदीमा धमाधम पक्की पुल बन्न थालेका छन्।

सम्बन्धित सामग्री

स्मार्ट सिटी बन्दै अमरगढी

नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो । २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो ।

पाँचखालमा स्मार्ट सिटी बन्दै, इन्फ्रा बैंक र सिंगापुरको कम्पनीबीच समझदारी

पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो ।...

उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।