हुम्ला । पाठ्यपुस्तक अभावले हुम्लाका उतरी सिमकोट र नाम्खा गाउँपालिकामका विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र शुरू भएर विद्यालयहरू खुलेको तीन महिनाभन्दा बढी हुँदा पनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेलिरहेका छन् । हुम्लाका सातवटा गाउँपालिकाका अधिकांश विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरू कलम, कापी र झोला बोकेर विद्यालय धाउन थालेका छन् । […]