कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता प