कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार

९ पुस, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन […]

सम्बन्धित सामग्री

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्य शपथ तथा प्रमाणपत्र वितरण समारोहमा उहाँले पार्टीभित्र कागजमा स्रेस्ता मिलाएर जिम्मेवारी दिने परम्परा तोडेर सङ्गठन विस्तारमा गरेको योगदानका आधारमा कार्यमूल्याङ्कन गरिने भएकाले पलायन भएका नेता …