निर्माण कार्य चालु भए पनि सामग्री ढुवानी नहुँदा समस्या : महासंघ

काठमाडौं। निषेधाज्ञाको समयमा सरकारले तोकेको मापदण्ड कार्यान्वयन गरेर निर्माणको काम अगाडि बढाउन समस्या भएको व्यवसायीले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञाको समयमा व्यवसायीलाई पास पनि उपलब्ध नभएकाले निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको छ। राजधानीसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ। निर्माण उद्योग खुले पनि डिलर र वितरक बन्द हुँदा समस्या भएको महासंघले जनाएको छ।

सम्बन्धित सामग्री

ग्रामीण सडक मर्मत नहुँदा सास्ती

बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो ।

सडक मर्मत नहुँदा खच्चडकै सहारा

जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिन आएको अविरल वर्षाका कारण ठूलो मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडक मर्मत गरिएका छैनन् ।जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । सडकहरू ठाउँठाउँमा भत्किएका कारण […]

सडक मर्मत नहुँदा सामग्री ढुवानीमा खच्चडकै सहारा

जाजरकोट– जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका  छैनन् । जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्या देखिएको छ । सडक ठाउँ-ठाउँमा भत्किएका […]

सडक मर्मत नहुँदा खच्चडकै सहारा

सुर्खेत : जाजरकोटमा ग्रामीण सडकहरू मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनु परेको छ।हप्ता दिन आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडकहरू मर्मत गरिएका छैनन्।जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्या देखिएको छ। ठाउँठाउँमा सडक भत्किएका कारण पैदल यात्रा गर्न समेत मुस्किल हुँदै गएको छ। तत्काल सडक सञ्चालन गर्नका लागि नदीहरूमा पानीको मात्रा कम नभएकाले डोज

विद्यार्थी खाेला तर्दै स्कुल, सडक नै नभएको ठाउँमा पक्की पुल

गोरखा नगरपालिका र सिरानचोक जोड्ने गरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्य मान्छन्। पुल निर्माणका क्रममा दरौँदी नदीको तिरैतिर निर्माण सामग्री ढुवानी गरिएको थियो। खारखोलाका विद्यार्थी पुल नहुँदा दैनिक हेलिएर स्कुल जानुपर्ने र सडक नै नभएको ठाउँमा पुल निर्माण भएको विषय सामाजिक सञ्जालमा भाईरल बनेको छ।

हिमपात र चिसोले विकास निर्माणको काम ठप्प

लमजुङ । हिमालपारिको जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प भएको छ । निर्माणकार्य थालेका योजनाहरू पनि रोकिएका छन् । गत असार १ गतेको भीषण बाढी–पहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माणकार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बतानुभयो । ‘पहिले बाढी–पहिरोले सामग्री ढुवानी हुन नसक्दा […]

मनाङमा हेलिकोप्टरमार्फत् विद्युतका सामग्री ढुवानी

मनाङ- विकट हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण तीन महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ । भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरेर जलविद्युतका सामग्री ढुवानी गरिएको छ । तीन महिनादेखि […]

छेकम्पार र चुम्चेतमा पुगेन खाद्यान्न

पहिरोले पदमार्ग अवरुद्ध बनेपछि उत्तरी गोरखाको चुमभ्यालीअन्तर्गत छेकम्पार र चुम्चेतमा दुई महिनादेखि दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । पदमार्गअन्तर्गत लोक्पामा निरन्तरको पहिरोले खच्चड आउजाउ नहुँदा खाद्य संकटको जोखिम बढेको हो ।

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

दार्चुला :  दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ।  सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो। सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द

बर्खा लाग्यो, खोला बढ्यो रोकिए गाडी

मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ । मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।