न्यायाधीश र वकिल विभूषित भएकोमा एमालेको आक्रोश

काठमाडौँ– विपक्षी दल नेकपा एमालेका नेताहरूले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको मानपदवी (विभूषण) मा चर्को विरोध जनाएका छन् । विभूषित हुनेमा केही न्यायाधीश र कानूव्यवसायी (कविल) हरू परेकोमा एमालेको आपत्ति छ । विपक्षी दल नेकपा एमालेका अध्यक्ष, विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पदकले नै लाज मानेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् […]