काठमाडौँ – कांग्रेस सहमहामन्त्री जीवन परियारले निर्वाचनमा टिकट वितरणमा भएका कमी कमजोरी सच्याउन आग्रह गरेका छ्न्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले भने, ‘आगामी निर्वाचनमा टिकट वितरणमा भएको कमीकमजोरी सच्याउनुपर्छ।’ उनले अरु पार्टी माध्यान दिने आफ्नो पार्टीमा ध्यान नदिने गर्नु नहुने बताए। उनले भने, ‘स्थानीय तह निर्वाचनको टिकट वितरणमा भएको कमी कमजोरी आगामी चुनावमा दोहोर्याउनुहुन्न।’