काठमाण्डाै - उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे आज जाँचबुझ हुँदैछ ।
उपराष्ट्रपतिमा उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि लैङ्गिक विवादको निरुपण गर्ने जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा आएको छ ।
उपराष्ट्रपतिमा चार जनाको मनोनयन पत्र दर्ता भएको छ । यादव पुरुष उम्मेदवार हुनुहुन्छ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवले हिजो उम्मेदवारी दर्ता गर्नुभएको थियो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र...