काठमाडौं : शंखरापुर नगरपालिकाले शाली नदीको मेलामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।नगरपालिकाले सोमबार सूचना जारी गरी मेलाभरि जुवातास खेल्न खेलाउन र मद्यपदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।नगरपालिकाले मासु पसलहरू पनि मेलाभरि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मेलामा राखिने सबै पसल र व्यवसायीसँग वस्तुको मूल्य सूची राख्न पनि आग्रह गरेको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं