कालिकोटको महावैमा मतगणनास्थल नजिकै झगडा गर्नेहरुबाट पेस्तोल बरामद

कालिकोटको महावै गाउँपालिका–२ गैंडाखानास्थित तिला नमुना माविमा मतगणना स्थलबाहिरबाट सेनाले पेस्तोल बरामद गरेको छ । मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झगडा हुँदा कटुवा पेस्तोल भुँइमा खसेको थियो । नेपाली सेनाको टोलीले झगडा गर्ने मध्येका २५ वर्षका प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।  शाही महावै–५ का स्थानीय हुन् । झगडामा संलग्न अन्य युवाहरु भागेका छन् । पेस्तोल बोक्ने युवकबारे अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिए ।