आईपीएल खेलेका अस्ट्रेलियन खेलाडी क्वारेन्टिनबाट बाहिरिए

एजेन्सी। इन्डियन प्रियिमर लिग (आईपीएल) खेलेका अस्ट्रेलियन खेलाडी क्वारेन्टिनबाट बाहिरिएका छन्। स्टिभ स्मिथ, डेबिड वार्नर, ग्लेन म्याक्सवेलसहित भारतबाट फर्किएका ३८ खेलाडी, प्रशिक्षक तथा कर्मचारी डाउनटाउन सिड्नी होटलमा अनिवार्य क्वारेन्टिनमा बसेका थिए। खेलाडी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि ४ मेमा आईपीएल स्थगित भएको थियो। त्यतिबेला अस्ट्रेलियाले भारतबाट फर्किन प्रतिबन्ध लगाएका कारण खेलाडीहरु माल्दिभ्समा केही समय बिताएर स्वदेश फर्किएका थिए।