नेकपा (एकीकृत समाजवादी) को पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ । भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, किशोर