‘लकडाउन’ले चीनको सान्यामा ८० हजार पर्यटक अड्किए

बेइजिङ । कोभिड–१९ को प्रकोप रोक्न ‘लकडाउन’ घोषणा गरिएपछि चीनको हाइनान टापुको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् । कोरोनाका कारण सार्वजनिक यातायात बन्द गरिएको छ । सहरभित्र मानिसको आवागमनमा शनिबार बिहानैदेखि रोक लगाइएको अधिकारीहरूले बताएका छन् । फसेका पर्यटकले सात दिन त्यहीँ बस्नुपर्ने र छोड्नुअघि कोभिड–१९ का...