रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।