९ माघ, बुटवल । झण्डै चार महिना लामो खिचातानीपछि २८ साउनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए कुलप्रसाद केसी । माओवादी केन्द्रका संसदीय दलका नेता केसीको सत्तारोहणसँग नेकपा एमालेका दुई प्रदेशसभा सदस्यको राजीनामादेखि जनता समाजवादी पार्टी विभाजनसम्म जोडिएको छ । तर पाँच महिनामा प्रदेश सरकारको भूमिका स्थापित गर्न नसकेको केसीको कार्यकालको दिनगन्ती सुरु भएको छ । […]