अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै

काठमाण्डाै - तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ । अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन । दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सह...

सम्बन्धित सामग्री

अमेरिकी सेना फिर्ता गएपछि पहिलोपटक अमेरिका-तालिबानबीच प्रत्यक्ष वार्ता

२४ असोज, काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो । त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका […]

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम थालेको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैंले उद्धार गरेर ल्याउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरू अफगानिस्तानको सदरमुकाममा काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनको भनाइ छ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पनि उनले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक ओटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने सचिव पौड्यालको भनाइ छ । तालिवानले अफगानिस्तानका सबैजसो मुख्य शहर कब्जामा लिएको छ । आइतवारसम्म तालिवानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एशोसिएट प्रेस (एपी) ले जनाएको छ । उनीहरूले यसअघि नै अरू मुख्य शहर कब्जामा लिइसकेका थिए । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका बेला नेपाललाई समेत आफ्ना नागरिक उद्धार गर्न दबाब परेको हो । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले उद्धारका लागि छिटो प्रभावकारी कदम चाल्न अनुरोध गरे । उनले नेपालीहरूको ज्यान जोगाउन विद्रोही तालिवानी सरकारसँग वार्ता अघि बढाउन सुझाव दिए । उनले भने, ‘त्यहाँ पुगेका नागरिकको सुरक्षाका लागि हामीले उद्धारसँगै तालिवानीहरूसँग पनि वार्ता अघि बढाउने हो कि ?’ एमाले सांसद भीम रावलले नेपालीहरूलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न आह्वान गर्न सुझाव दिए । ‘नेपालीलाई छिटो अफगानिस्तान छोड्न भनौं । अरू देशले आ≈वान गरिसके, रावलले थप भने, ‘हामी आफैले पनि उद्धारका लागि पहल थालौं । अरू देशको भरमा नपरौं । आफ्ना नागरिक ल्याऔं ।’ यसैबीच, समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले सकेसम्म नेपाल आपैmले जहाज पठाएर ल्याउन त्यति नभए सुरक्षित अरू देशमा भने पनि स्थानान्तरण गर्न निर्देशन दिइन् । सभापति खरेलले भनिन्, ‘नेपालमै ल्याएर हुन्छ वा नजिकैका अरू पाकिस्तानजस्ता देशसम्म ल्याएर हुन्छ जसरी पनि नेपालीलाई सुरक्षित बनाउने कामलाई तीव्रता दिनू ।’ यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारको सम्पर्कमा आउनु सूचना जारी गरेको छ । त्यहाँ फसेका नेपालीको विवरण संकलन गर्न अनलाइन रजिस्टे«शन पनि खुला गरेको छ ।

अमेरिका र भारतका विदेशमन्त्रीले गरे अफगानिस्तान-म्यानमारको सुरक्षाबारे चिन्ता

काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले भारतीय समकक्षी एस जयशंकरसँग क्षेत्रीय एवं द्विपक्षीय मामिला र जलवायु परिवर्तनसम्बन्धी वार्ता गरेका छन्। सोमबार ती नेताले अफगानिस्तान-म्यानमारको सुरक्षाबारे पनि टेलिफोन वार्ता गरेका हुन्। ब्लिंकनले ट्विट गर्दै भनेका छन्, “अमेरिका र भारतबीचको सम्बन्धको महत्त्व हामीले गरेको कुराकानीबाट पनि पुष्टि हुन्छ। हामीले अफगानिस्तान र म्यानमारमा शान्ति बहालीबारे पनि कुरा गर्‍यौं।”

अफगानिस्तान सरकार र तालिवानबीच पहिलो शान्ति वार्ता सुरु

अफगानिस्तान सरकार र तालिवान पहिलोपटक शान्ति वार्तामा बस्दैछन्। कतारमा दुवै देशका प्रतिनिधिहरु वार्तामा बसिरहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र तालिवानबीचको वार्ता 'ऐतिहासिक' भएको प्रतिक्रिया दिएका छन्। अमेरिका र तालिवानबीच गत फेब्रुअरीमा भएको सुरक्षा सम्झौतापछि अफगानिस्तान सरकारसँग वार्ता तय भएको थियो। तर विविध कारणले वार्ता हुन