सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुका जनप्रतिनिधिले समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । समन्व समितिका पदाधिकारीले नै निर्णय गरेर समन्वय अधिकारी फिर्ता हुनु पर्ने भन्दै समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
सरुवा भएको दुई महिना बितिसक्दा पनि समन्वय अधिकारीले रवाना नबुझी कार्यालयमा बसेर पदाधिकारीलाई असहयोग गरेको र समितिको निर्णय कार्यान्वयन गरेको भन्दै जनप्रतिनिधिले आज शुक्रवार कार्यालयमा तालाबन्दी गरेका हुन् । समन्वय समितिका सात जना सदस्य उपस्थित भएर तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ ...