काठमाडौं : भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९-८० को बजेट नगरसभामा पेस गरेकी छिन्। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९-८० को अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेकी हुन्।
उनले यो वर्ष २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको…