कांग्रेस : जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने पौडेल पक्षको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका दिएका जिल्ला सभापतिहरुले आज  रिले अनसनमा बस्ने बताएका छन् । क्रियाशिल सदस्यता छानबिन...