डिआइजी रंजितकारलाई कुन जिल्लाबाट कति पुग्छ नजराना, मासिक डेढ करोड उठाउन को को खटिएका छन् घुमुवा ?

मधेश प्रदेशमा सीमा तथा भन्सार सुरक्षाको जिम्मा लिएका जिम्मेवारहरू नै सङ्गठित रूपमा तस्करीमा संलग्न रहनु विडम्बना बन्दै गएको छ। केही समय अघि सशस्त्रका मधेश प्रमुख डिआइजी गणेश ठाडामगरले दिएको तस्करीको लाइनबारे हाम्राकुराले समाचार प्रकाशित गरेको थियो। तस्करीको लाइन खुलाउन सशस्त्रसँगै नेपाल प्रहरीको मधेश प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डिआइजी उमेश रंजितकार पनि उत्तिकै संलग्न रहेको पाइएको छ। स्रोतहरूको दाबी अनुसार तस्करीको 'लाइन'बाट रंजितकारले मासिक लगभग डेढ करोड रुपैयाँ बुझिरहेका छन्।