अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा सार्वजनिक गरिएका हिन्द–प्रशान्त रणनीतिसम्बन्धी नयाँ दस्तावेजले चीनविरुद्ध उनले अपनाएको नीति असफल भएको प्रमाणित गरेको छ । द्वन्द्वको स्थिति आएमा चीनलाई घेर्ने क्षमताका विषयमा पनि अमेरिकाको आत्मविश्वास देखिएको छैन ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा उपसल्लाहकार म्याथ्यु पोट्टिंगरको राजीनामा र ट्रम्प प्रशासनको कार्यकाल अन्त्यको बेलामा हिन्द–प्रशान्त रणनीतिसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरिएको हो ।
यी दस्तावेजहरू विस्तृत छैनन् तर यिनले बेइजिङलाई राजनीत...