विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं, मंसिर २० । घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाइएको तीनवटा मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारको सोमबारको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। अख्तियारले घुस लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय […]