फाइनान्स कम्पनीहरुको लगानी उच्च जोखिममा देखिएको छ । राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय संस्थाको मान्यता समेत पाएको फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको १० महिनामा खराब कर्जाको दर उच्च देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा यस्ता कम्पनीहरुले जारी गरेका कुल कर्जाको नन् पर्फमिङ लोन (एनपीएल) ७.४२ प्रतिशत रहेको छ ।यस्तै, दोस्रोमा ‘क’ वर्गका वाणिज्य बैंकहरुको एनपीएल दर २.३३ प्रतिशत रहेको छ भने तेस्रोमा विकास बैंकहरुको २.१५ प्रतिशत रहेको राष्ट्र बैंक