नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद टेकबहादुर गुरूङसहितलाई भ्रष्टाचारी ठहर गरेको छ । दोषी ठहरिएकाहरूलाई सजाय तोक्न भने बाँकी छ। मंगलबार अदालतले मनाङबाट प्रतिनिधिसभा निर्वाचित गुरूङसहित पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको हो । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर …