नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । सभापतिका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना उम्मेदवार बनेका थिए । उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । दोस्रो चरणमा धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाच