धनगढीस्थित नवजीवन अस्पतालले पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति पाएको छ। सरकारले एक सय शय्याको अस्पताललाई मात्रै पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेपछि पछिल्लो एक वर्षयता सुदूरपश्चिमका कुनैपनि संस्थाले पीसीएल नर्सिंङ कक्षा सञ्चालन गर्न पाएका थिएनन्।