काठमाडौँ,६ कार्तिक । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पू¥याएको थियो […]