काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ। बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गापाको सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतना जगाउन उक्त नाटक देखाइयो।बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्मित ४५ मिनेटको नाटकमा अभिभावक कुलतमा लाग्दा र छोराछोरीको पढाइमा ध्यान नदिँदा उनीहरूको शिक्षामा कस्तो असर पर्छ भन्ने विषयवस्तु समेत उजागर गर्न खोजिएको छ। नाटकमा परिवारभित्रको कलहका&nbs