संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको एजेन्डा सम्बोधन अव सहज भएको बताएका छन्। भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणमले प्रदेश २ मा फोरम राजपा गठबन्धनले बहुमत प्राप्त गरेपछि उनले भने,‘आन्दोलनको जनादेश र चुनावको मतादेश एजेन्डा सम्बोधनको पक्षमा छ। अव बन्ने सरकारले मधेसको एजेन्डा सम्बोधन गर्नेमा हामी विश्वस्त छौँ', उनले भने।