'सचिव, सहसचिवहरूलाई केही विषयमा छलफल गर्नुपर्यो भने पुरूष साथीहरू बिहान-बेलुकासमेत भेटघाट गर्नुहुन्छ। तर त्यो मौका महिलालाई छैन,' उनले भनिन्, 'शिक्षा मन्त्रालयमा म सहसचिव हुँदा अरू २२ जना सहसचिव हुनुहुन्थ्यो मैले उहाँहरूसँग बिहान-बेलुकी अनौपचारिक कुराकानी गर्न मिलेन। महिलालाई घरको कामले पनि कार्यालयबाहिर समय कम हुन्छ।'