मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

बर्दिया – मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते हुनुभएको छ । श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । श्रेष्ठ चढेको मोटरसाइकललाई चाैबाटाेमा अर्काे मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो । ...