गण्डकीमा १२ बाट घटाएर ७ वटा मात्र मन्त्रालय

गण्डकी प्रदेशमा ७ वटा मात्र मन्त्रालय बनाउने सहमति भएको छ। सत्तारुढ दलहरुबीच गण्डकीमा ७ मन्त्रालय बनाउने सहमति भएको हो। यसअघि १२ मन्त्रालय रहेको गण्डकी प्रदेशमा ५ मन्त्रालय कटौति गरेर ७ मन्त्रालय बनाउने सहमति भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिईन्।