गठबन्धनको चुनावी तयारी समितिको बैठक : बागीलाई बालुवाटारबाट फोन

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बागी उम्मेदवार र केन्द्रीय नीति विपरीत भएको तालमेलबारे सोधिखोजी गरेको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको समितिको बैठकले गठबन्धन भित्रबाट परेको बागी उम्मेदवारी फिर्ताबारे छलफल गरेको हो । यस्तै  स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेका दलसँग भएको तालमेल खारेजीबारे पनि समिति बैठकले चासो राखेको थियो । समितिका सदस्य सचिव केशव जोशीका अनुसार बैठकले केन्द्रबाट तालमेलका निर्णय भएका ६ महानगर र ११ उपमहानगरपालिक