एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने

काठमाण्डाै - आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोनमार्फत सय दिनमा कुल ...