तातोपानी नाकाको पूर्वाधार र चिनियाँ व्यवहारले हैरान व्यवसायी

भदौ नलाग्दै भोटेकोसी गाउँपालिका–१ लिस्तीकोटका व्यवसायी दोर्जे लामाले खासास्थित चिनियाँ कम्पनी सिच्याङबाट अघिल्लो समयझैं मौसम अनुकूल रेडिमेड सामग्री झिकाए । १४/१५ दिनमा तातोपानी नाका आइपुग्नुपर्ने ३ देखि ४ कन्टेनर सामग्री डेढ महिना खासामै रोकिए । मध्य असोजपछि तातोपानी नाकाको भन्सार प्रक्रिया सकेर काठमाडौं आइपुग्दासम्म ती सामग्री सोचेको जसरी बिक्री हुन सकेनन् ।