भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ । आइतबार राति भएको अन्तिम खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै २–१ ले जित निकालेको हो । हैदराबादमा अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६९ बनाउँदा विराटले ६३ रन बनाए । त्यस्तै हार्दिक पाण्ड्याले २५ रनको योगदान गरे । अष्ट्रेलियाका लागि डेनियल साम्सले दुई