राजस्व संकलन घटेपछि विभागीय प्रमुखलाई अर्थममन्त्रीका प्रश्नै प्रश्न, 'नक्कली भ्याट बीलको कुरा के हो ?'

काठमाडौं । राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन्। बिहीवार आन्तिरक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन । 'नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ,' बैठकमा महतले भने, 'राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकाले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’ 'विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो' मन्त्री महतले भने, 'यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन ।  उनले राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजस्व कमी आएको देखिएको बताए यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा पनि कतै कमि छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ भन्दै सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक अर्को कुनै एजेन्डा नभएको उनले बताए । 'तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस्,' उनले भने । राजस्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन । बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यका विकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परिक्षकका कार्यालयले ‌प्रतिवेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी रहेको बताए । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजस्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्ने भन्ने पूर्ण अपेक्षा  मन्त्रीले लिएको बताएका छन्। समिक्षा प्रतिवेदनले एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ भन्दै मन्त्री डा. महतले विभाग प्रमुखहरुलाई प्रश्न गरेका थिए। 'झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ' उनले भने, 'समस्या पहिचान हुनुपर्‍यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।' यदि  विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न नसके  कर्मकाण्डी समिक्षा मात्र हुने र नयाँ काम गर्न नसकिने भन्दै मन्त्री महतले  आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ । यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्ने बताए । 'बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन गर्ने पद्धतिलाई विकास गर्नुपर्छ । गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो ?' उनले प्रश्न गरे । 'पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो,' उनले भने।  यसलाई गम्भीररुपमा लिन मन्त्री डा. महतले आग्रह गरे ।