बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई डोनल्ड ट्रम्पसँगको मित्रताका कारण जो बाइडनले सत्ता हात पारेपछि गाह्रो पार्छन् कि भनी पीर लाग्थ्यो ।
तर वाशिङटनमा जोनसनलाई मंगलवार बाइडनले न्यानो स्वागत गर्ने अपेक्षा छ । उनीहरूको भेटघाटमा सुरक्षा, जलवायु परिवर्तन तथा आर्थिक नियमनका विषयमा जोड दिइनेछ ।
जोनसनको टोलीले यसलाई आफ्नो विजय मानेको छ । युरोपेली संघबाट पोहोर साल छुट्टिएको बेलायतले विश्व मञ्चमा भूमिका खेल्नका लागि अमेरिकासँगको सम्बन्धले बल पुगेको सोच जोनसन टोलीमा छ । अमेरिकालाई युरोपेली संघको शक्तिशाली मुलुक फ्रान्सब...