राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले ३१औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाई दिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफल भएकोमा बधाई दिनुभएको हो । भारतको कोलकातामा गत पुस २३ र २४ गते भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ …