अर्थमन्त्री शर्मा र बेलायतकी राजदुत निकोला पोलिटबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबिच शिष्टाचार भेट भएको छ ।  आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ । साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् । यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ ( COP 26) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ । 

सम्बन्धित सामग्री

यस्तो अर्थ सचिवको खोजीमा छन् अर्थमन्त्री शर्मा

संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको देखिने कुनै प्रमाण फेला नपारेपछि जनार्दन शर्माले उन्मुक्ति पाए । त्यसलगत्तै माओवादी केन्द्रले अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नै पठायो ।यसो त, जनार्दनलाई ‘क्लिन चिट’ दिएर अर्थमा ल्याउने चाँजोपाँजो प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले मिलाएकी थिईन् । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले ‘दोस्रो इनिङ’ सुरु गर्नासाथ अर्थसचिव मधु मरासिनी बिदामा बसिदिए । लगत्तै उनले सरुवा मागे, अहिले उनी प्रधानमन्त्री कार्यालयमा थन्क्याईएका छन् । अर्थसचिव खोज्दै अर्थमन्त्रीमरासिनीलाई जनार्दनले नै अर्थमा ल्याएका थिए । तर, शर्मा विवादमा मुछिन थालेपछि मरासिनी बसरिहने ‘मुड’मा देखिन छोडेका थिए । अब आफूले भनेको मान्ने, आफूले अघि सारेका काममा अवरोध नगर्ने ‘एस म्यान’ अर्थसचिवको खोजीमा जनार्दन लागेका छन् ।‘आगामी मंसिर ४ गते चुनावको मिति घोषणा भएको छ, चुनाव भएर अर्को सरकार बन्दा पुस लागिहाल्छ’ स्रोत भन्छ, ‘यसकारण अझै ५ महिना शर्माले पूरै अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैले अर्थमन्त्री मात्रै होइन, बालुवाटार पनि भनेको मान्ने खालको अर्थसचिव खोजिरहेको छ ।’के काम गर्न चाहन्छन् शर्मा ?जनार्दन शर्माले मुख्यगरी प्रधानमन्त्री पत्नी आरजुसँग मिलेर ३ वटा काम तत्कालै गर्न चाहेका छन् । विवादित र आलोचित काम नै किन नहुन्, ती काम सक्नुपर्ने जिम्मेवारी बोकाएरै शर्मालाई फर्काइएको थियो ।नयाँ स्टक एक्सचेन्ज ल्याउने, नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने र हेलिकप्टर खरिदको काम आगामी मंसिरमा हुने निर्वाचन भन्दा अगाडी नै सक्ने वा कम्तीमा टेण्डर गरेर ‘कमिशन’ हत्याउने दाउमा आरजु र अर्थमन्त्री शर्मा रहेको स्रोतले बताएको छ ।मुख्यतया, यी ३ काममा कुनै अवरोध नगर्ने अर्थसचिवको खोजीमा जनार्दन शर्मा लागेका छन् । को होला यस्तो पात्र ?अब आउने अर्थसचिवको काँधमा अहिलेको संकटको सन्निकट पुगेको अर्थतन्त्रलाई सहज बनाउनुपर्ने दायित्व हुन्छ । मधु मरासिनी प्रधानमन्त्री कार्यालयमा ‘जगेडा’का रुपमा थन्किएपछि अर्थसचिवको जिम्मेवारी अहिले राजस्व सचिव कृष्णहरी पुस्करलाई नै दिईएको छ ।यद्यपी, अन्य मन्त्रालयका सचिवहरु तिर जनार्दन शर्माले नजर डुलाईरहेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालमध्ये एक जनालाई ल्याउन पाए हुन्थ्यो भन्नेमा जनार्दन छन् । तर, अर्याल आजसम्म कुनै पनि विवादमा नमुछिएका भद्र सचिवको छवि बनाएका व्यक्ति हुनाले उनले बालुवाटार र सिंहदरबारले जबरजस्ती तेर्स्याएका शर्तहरु मान्ने अवस्था छैन ।भण्डारीले पनि विवादित र आलोचित हुने गर्नुपर्ने देखेर अर्थमा आउन खासै मन गरेका छैनन् ।यस्तो अवस्थामा राजस्वमा कसैलाई ल्याएर कृष्णहरि पुष्करलाई नै पूर्ण रुपमा अर्थ सचिवको मात्रै काम लगाउन सकिन्छ भन्नेमा जनार्दनले बालुवाटारसँग परामर्श गरिरहेको स्रोत बताउँछ । अर्थमन्त्री शर्माका ‘प्रिय पात्र’ बनिसकेका पुस्करले पनि बाहिरबाट अरु व्यक्ति ल्याउनुभन्दा आफूमार्फत नै काम गर्न जनार्दन शर्मालाई ‘ग्रिन सिग्नल’ दिईसकेका छन् । तर, जुनियर सचिव भएकाले निर्णय गर्दा ‘कमजोरी’ हुन सक्ने हो कि भन्नेमा बालुवाटार शसंकित छ ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच लुकामारी

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच लुकामारी चलिरहेको छ।गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि शर्मा र अधिकारीबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन।सर्वोच्चबाट काममा फर्केका अधिकारीले सिसिटिभी प्रकरणमा मुछिएर फेरी अर्थमन्त्रालय सम्हाल्न आइपुगेका शर्मालाई स्वागत गर्न पनि मन्त्रालयमा पुगेका थिएनन्।एम अधिकारी प्रकरणमा सिसिटिभी प्रकरण साटिएकाे आशंकाकाबीच आज अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमासमेत दुबैको भेट भएन। अर्थ मन्त्रालयक

अर्थमन्त्री शर्मा दोषी देखिएलान्?

आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सत्यतथ्य अझै आउन सकेको छैन।...

नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन्ः अर्थमन्त्री शर्मा

काठमाडौं, २८ चैत्र । अर्थमन्त्री जर्नादन शर्माले दुबईमा धेरै नेपालीहरुको भिल्ला रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोबारे सोधिएको प्रश्नमा सुरुमै उनले त्यस्तो जवाफ दिएका हुन् । ‘अहिले धेरै नेपालीहरुका दुबईमा भिल्लाहरु छन्,’ अर्थमन्त्री शर्माले भने,‘ सबै पैसा नेपालबाटै गएको छ ।’ नेपालबाट विभिन्न माध्यमले धनहरु बाहिर […]

महिला नेतृत्वमा आए सुशासन हुन्छ : अर्थमन्त्री शर्मा

बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटमार्फत सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’को संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका सूचकहरूमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचोहो […] The post अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने नियोजित हल्ला: अर्थमन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्थ समितिमा अर्थमन्त्री : अर्थतन्त्र नजानेको भन्नेलाई देखाइदिन्छु

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे । अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधि

अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल

काठमाडौं । हाल मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँगका पदाधिकारी तथा अन्य बैंकर्सहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो पैसाको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बैंकर्ससँग जुन प्रकारले कर्जा प्रवाह भएको छ सोहीअनुरूपको आर्थिक […] The post अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चुनौतीको घेरामा अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १। नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने पहिलो समस्या अर्थमन्त्रीलाई देखिन्छ । त्यस्तै सबै नागरिकलाई खोप लगाउन पर्याप्त खोपको व्यवस्था, पूँजीगत खर्च बढाउने, महामारीका कारण अप्ठ्यारोमा परेका नागरिक र व्यवसायलाई राहत र […]