काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ पूर्वउपकुलपति शर्माकाे निधन भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बरालले जानकारी दिए।