म्याग्दीको बेनी–जोमसोम सडक स्तरोन्नति गर्न माग गर्दै धमलाले बुझाए मन्त्री पुनलाई ज्ञापनपत्र

काठमाडौँ । केही दिनअघि मुस्ताङ जाने क्रममा म्याग्दीको सडकको दयनीय अवस्था देखेपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाएका छन् । आज मन्त्रालयमै पुगेर धमला नेतृत्वको अभियान टिमले म्याग्दीको बेनी–जोमसोम–कोरला सडकखण्डको दीर्घकालीन स्तरोन्नति, पहिरो नियन्त्रण तथा सुरक्षित आवागमनको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका […]