जेनजी आन्दोलनका पहिलो शहीद बिमलको बलिदानको कथा बोकेका सुबोध र सुविषा[भिडियो रिपोर्ट]

जेनजी आन्दोलनमा निधन भएका काका बिमलबाबु भट्टको सहादतको कथा अहिले उनका भतिजा (सुबोध) र भतिजी (सुविषा)को जीवनसँग जोडिएको छ । उनीहरूका लागि बिमल सरकारी अभिलेखमा रहेको ‘शहीद’ नाम होइनन्, घरमा कहिल्यै नफर्किएका आफ्नै काका ‘अंकल’ हुन् । उनीहरू पढिरहेका छन्, खेलिरहेका छन् र भविष्यका सपना देखिरहेका छन् । विद्यालय जान्छन् । पढ्छन् । खेल्छन् । […]