मेयरसा’पका बहिनीज्वाइँलाई ठेक्का दिन मिलेमतो गर्दा नगरपालिकालाई साढे २ करोड घाटा

मोरङका २ पालिकाले खोलाबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने ठेक्का लगाउँदा मिलेमतो गरेको खुलेको छ ।  सुन्दरहरैँचा नगरपालिका र लेटाङ नगरपालिकाले मिलेमतो गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनबाट बाहिरिएको छ । सुन्दरहरैँचामा २ ठेकेदार कम्पनीसँग मिलेमतो गरेर कम दरमा बोलकबोल गर्नेलाई खोला ठेक्का दिएर अनियमितता गरिएको प्रतिवेदनमा उल्लेख छ ।  खदम खोला, गछिया खोला र बुढीखोलाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल संकलनका लागि आह्वान भएको बोलपत्रमा मिलेमतो देखिएको छ । २ ठेकेदार कम्पनीले मिलेमतो गरेर थो...