पोखरेली तीन युवाकोे व्यावसायिक फूलखेती

तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् । हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लाग्नुभएका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिनुभएको हो ।