हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो । अदालतको आदेशमाथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ