रसुवामा वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्वार कार्यका लागि तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । विपद्पछि छिटो–छरितो तवरले उद्वार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पङ्क्तिको दक्ष उद्वार जनशक्ति तयार गरिएको हो ।प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद्को अवस्था सिर्जना भएमा पहिलो पङ्क्तिमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतका ६० भन्दा बढी तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । तालिमप्राप्त सुरक्षा