रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए । सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी